Section 8
ट्रेड युनियन सम्बन्धी अधिकार
(१) यस ऐन तथा अन्य कानूनको अधीनमा रही प्रत्येक
श्रमिकलाई ट्रेड युनियन गठन गर्ने, सञ्चालन गर्ने, त्यस्तो युनियनको सदस्यता लिने वा सो
युनियनमा आवद्ध हुने वा ट्रेड युनियन सम्बन्धी अन्य गतिविधिमा संलग्न हुने अधिकार हुनेछ ।
(२) श्रमिकले यो ऐन तथा अन्य कानून बमोजिम श्रम सम्बन्धी अधिकारको प्रयोग गर्दा
रोजगारदाताप्रति कर्तव्यनिष्ठ र जिम्मेवार हुनु पर्नेछ ।